काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म निर्माण व्यवसायीका सबै बाँकी रकम भुक्तानी गर्न पुन: माग गरेको छ । संघले बिहीबार एक पत्रकार सम्मेलन गर्दै पुन: माग गरेको हो ।
निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरे बापत्को गत आर्थिक वर्ष २०७१/०८० र चालू आर्थिक वर्ष २०८१/०८१ को ठूलो रकम असार मसान्त भइसक्दा समेत रकमानार र भुक्तानी फुकुवा नभएकाले पुन: सरकारको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।
निर्माण व्यवसायीहरुको अरर्बौ रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसंग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको व्यवसाय महासंघले जनाए । यसरी व्यवसायीहरूलाई समयमा भुक्तानी नदिने हो भने राज्यबाट ठेक्का लगाउने परिपाटी नै गलत भएको नजिर स्थापित हुनु राज्यका लागि नै दुःखद अवस्था भएको महासंघको ठहर छ ।
सरकारले भुक्तानी गर्न बाँकी रकमलाई रकमान्तर मन्त्रालयगत बजेट सूचना प्रणाली स्विकृत गरी सबै बाँकी रकम भुक्तानी यही असार मसान्तसम्ममा उपलब्ध गराइदिनका अर्थ मन्त्रालय सहितका सम्बन्धित निकाय समक्ष महासंघले पुन माग गरेको छ ।
यसरी, नेपाल सरकारको कानून अनुसार २०८१ असार २४ गते सम्म मात्र भुक्तानी हुने हुँदा अहिलेसम्म रकमान्तर नभई ठूलो रकम भुक्तानी रहेको, प्रदेश र स्थानीय सरकार अन्तर्गतका आयोजनाहरूलाई समेत हुने गरी सो कानूनमा संशोधन गर्दै २०८१ असार मसान्तसम्म व्यवसायीहरूको सबै रकम भुक्तान गर्ने गरी भुक्तानी निकासा फुकुवाको व्यवस्था गर्न महासंघले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्