काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भएर असार २७ गते (आज) बाट एकीकृत कारोबार सुरु हुने भएको हो ।
दुबै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुबै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्थाुको नामबाट कारोबार हुने संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ । यता असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २६ गते सबै सेवाहरु अवरुद्ध हुने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्