काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.२५ अकंले बढेर २१७५.४० मा पुगेको हो ।
बुधबार ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, केबीएल डिभेन्चरको ८.६६ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.३२ प्रतिशत, एसबीएल डिभेन्चरको ८.१३ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ७.८१ प्रतिशत सहित २३७ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्