Shikhar Insurance
National Life

यूकेसँग ट्रेडमार्क लिई भिडोल लुब्रिकेन्टले नेपालमै शुरु गर्‍याे उत्पादन

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले जानकारी दिएका हुन् ।

अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ ।’ उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न शुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको कम्पनीले जनाएको छ । अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड बनेको छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्