काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।
संस्थाले २०८० कात्तिक २३ गते विद्यमान सेयरधनीहरुका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सेयर पुनः बिक्री गर्नका लागि निवेदन प्राप्त नेपाल इन्भेष्टमेण्ट प्रालिको २ लाख २३ हजार १ सय ७२ कित्ता, प्रभु ग्रुप प्रालिको ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको ४ हजार १५७ कित्ता गरी जम्मा २ लाख ३८ हजार ७५८ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।
सेयरको प्रतिकित्ता न्युनतम मुल्य २ सय ९९ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक कम्पनी तथा व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय केन्द्रीय कार्यालय बनेपा-१३, सांगा, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्