Shikhar Insurance
National Life

पामोलिन आयातमा अर्बौ भन्सार महशुल छलि, जनकपुर रिफाइनरीजबाट सुरु भएको परिक्षण सबै कम्पनीमा पुग्यो

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा ल्याएर भारत निर्यात गर्ने पामोलिन (पाम) तेलमा अर्बौ राजस्व छलि भएको तथ्य फेला परेको छ । व्यापारीहरुले क्रुड भन्दै तयारी तेल आयात गरेर भारत निर्यात गर्ने गरेको रहस्य खुलेको हो ।

जनकपुर रिफाइनरीज प्रालीबाट सुरु भएको भन्सार छलि अहिले सबै कम्पनीमा पुगेको हो । विभाग स्रोतका अनुसार विराटनगर भन्सार कार्यालयले सुरु गरेको परिक्षण अहिले पामोलिन आयात हुने सबै भन्सार कार्यालयहरुमा पुगेको छ । भन्सार विभागले नेपालमा आयात हुने पामोलिन चेकजाँच गरी मात्रै जाँचपास गर्न भनेपछि सबै कार्यालयहरुले धमाधम नमुना परिक्षणका लागि भन्सार विभागको प्रयोगशालामा पठाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रयोगशालाबाट धमाधम कच्चा तेल नभएर तयारी तेल भएको रहस्य खुलेपछि केहि समय भन्सार जाँचपास नै प्रभावित भएको थियो । तयारी तेल नै आयात भएको खुलेपछि व्यवसायीहरुले धमाधम ५ प्रतिशत धरौटी राख्दै तेल छुटाउन थालेका छन् । विभाग स्रोतले भन्यो, ‘पामोलिन आयातमा ठूलो भन्सार छलि भएको तथ्य हामीले फेला पारेका छौं, जसबाट अर्बौ राजस्व छलि भएको छ, तर हामीले भन्सार महसुल उठाउने क्रममा उच्च अदालत पाटनले हाम्रो प्रयोगशालाको रिपोर्टलाई बदर गरिदिएर भन्सार शिर्षक नै परिवर्तन गर्न परमादेश आएको छ, अदालतको आदेश मान्नै पर्ने बाध्यता छ ।’

उच्च अदालत पाटनले जनकपुर रिफाइनरीजलाई दिएको परमादेशले कानूनी जटिलता निम्त्याएको छ । अदालतले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर आदेश दिएको भन्सार विभागको बुझाई छ । जनकपुर रिफाइनरीज प्रालीले ल्याएको पामोलिन तेल भन्सार जाँचपास सात दिनभित्र गर्न उच्च अदालत पाटनले परमादेश जारी गरेको थियो । जसअनुसार विराटनगर भन्सार कार्यालयले ५ प्रतिशत धरौटी राखेर भन्सार जाँचपास गरिसकेको छ । न्यायधिसद्धय रमेश ढकाल र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले भन्सार विभाग प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्न नसकिने तर्क गरेको हो ।

अदालतले असार १३ गते पत्राचार गर्दै भन्सार विभागले तयारी भनेको पामोलिन क्रुड भन्सार उपशिर्षकमै जाँचपास गर्न भनेको हो । जनकपुर रिफाइनरीजले भारत निकासी गर्न ल्याएको पामोलिन विराटनगर भन्सार कार्यालयले छड्के चेकजाँच गरेको थियो । कार्यालयले नमुना भन्सार विभागको प्रयोगशालामा परिक्षण गर्न पठाउँदा कच्चा नभएर तयारी पामोलिन भएको खुल्न आएको थियो ।

तर उच्च अदालत पाटनले यान्त्रिकरुपमा प्रशासकीय तजविजको आधारमा प्रज्ञापनपत्रमा सो मालवस्तुलाई भन्सार महसुल दरबन्दी १५ ११९०, २० मा समावेश गरी भन्सार महसुल निर्धारण गर्ने गरी गरिएको काम कारबाहीलाई अर्धन्यायिक प्रकृतिको निर्णय मान्न नमिल्ने हुँदा उत्प्रेषणको आदेशबाट बदर गरिएको छ ।

क्रुड पामोलिन भन्सार उपशिर्षक १५१०१०.०० बाट आयत हुँदै आएको छ । यो शिर्षकबाट आयात गर्दा १० प्रतिशत मात्रै भन्सार महसुल तिर्दा पुग्छ । यस्तै, तयारी पामोलिन भन्सार उपशिर्षक १५११९०.२० बाट आयात हुन्छ । यो शिर्षकबाट आयात हुदाँ १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ ।

जनकरपुर रिफाइनरीले भन्सार छलि गर्ने उदेश्यले भन्सार उपशिर्षक फरक पारी पामोलिन आयात गर्ने गरेको छ । यो विषय भन्सार विभागले प्रमाणित समेत गरिसकेको छ । तर अदालतले भने भन्सार विभागको मात्रै परिक्षणलाई मान्यता दिन नहुने तर्क गरेको छ । जनकपुर रिफाइनरीले खाद्य प्रविधि तथा गुणस्तर प्रमाणीकरण क्लिएरेन्स समेत भएको दाबी गरिएको छ ।

अदालतले अहिले तत्कालको लागि क्रुड पामोलिन भनि जाँचपास गर्न भनेको छ । ५ प्रतिशत रकम भने निशर्त धरौटी स्वीकार गर्न भनिएको हो । विभागसँग सुनको सुद्धता मापन गर्नेदेखी अन्य किसिमको केमिकल नाप जाँच गर्ने मेसिन समेत छ । अब अदालतले विभागको रिपोर्टलाई नै गलत साबित गराउने नजिर स्थापित भएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्