Shikhar Insurance
National Life

काँग्रेसबाट मन्त्री बन्नेहरुको सूची तयार, रमेश लेखक र आरजु राणा पक्का, गगनको विकल्पमा ससुरा

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १८:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाममाथि व्यापक छलफल जारी छ । काँग्रेस–एमाले गठबन्धन निर्माणका सुत्राधार रमेश लेखक मन्त्री बन्ने पक्कापक्की भैसकेको छ । उनले सम्भवतः गृह मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

त्यस बाहेक काँग्रेस सभापति शेर बहादुर देउवा पत्नि आरजु राणा देउवा पनि ओली सरकारमा मन्त्री बन्ने पक्का छ । आरजुलाई परराष्ट्र मन्त्री बनाउने ओली–देउवा सहमत भैसकेका छन् । त्यसो त काँग्रेस महामन्त्री गगन कुमार थापाले पनि पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाएका छन् । उनले आफू सरकारमा जान नपाए ससुरा अर्जुन नरसिंह केसीलाई मन्त्री बनाउन लबिङ गरिरहेको काँग्रेस निकट सोतले बतायो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शेखर कोइराला समुहबाट हृदयराम थानी र चन्द्र भण्डारीको नाम मन्त्री बनाउने सम्भावित सूचिमा छ । देउवाले मधेश प्रदेशबाट पर्साका अजय चौरसियालाई मन्त्री बनाउने आश्वासन यस अघि नै दिईसकेको स्रोतको दाबी छ । राष्ट्रपति रामचन्द्र पौडेलले तेजुलाल चौधरीलाई मन्त्री बनाउनु पर्ने सन्देश काँग्रेस नेतृत्वलाई पठाएको बताइन्छ । त्यस बाहेक ललितपुरका सांसद उदय शमशेर राणा पनि मन्त्री बन्नेहरुको हिट लिस्टमै छन् ।

त्यस्तै, परे प्रकाशमान सिंहलाई पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा पठाउने सम्भावना रहेको पनि बताइन्छ । त्यसो त राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले पनि सरकारमा काँग्रेसको नेतृत्व गर्न सक्ने काँग्रेस उच्च स्रोतले बतायो । काँग्रेस–एमालेबिचको भएको भनिएको समझदारी अनुसार काँग्रेसले गृहसहित ९ मन्त्रालय लिनेछ भने एमालेले अर्थसहित ८ मन्त्रालय पाउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्