Shikhar Insurance
National Life

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १८:०४
Hyundai
NCELL
NIMB

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिएका हुन् ।

प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आज शुभारम्भ गर्दै उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए । उनले यसबारेमा नागरिकलाई सुुसूचित गराउनुपर्नेमा समेत जोड दिए । अहिले सूचना नै सुरक्षाका लागि सबैभन्दा सहज माध्यम बन्नसक्छ । तत्काल सूचना पाएमा तत्कालै सतर्कता अपनाउन, राहत तथा उद्दारका काम गर्न सहज हुन्छ । विगतमा कोभिड, बाढीपहिराजस्ता विपद्का समयमा पनि द्रुतरूपमा उद्धारलगायतका काम गरेका उदाहरण पनि छन् । त्यसैले यसको प्रयोगमा जोड दिनुपर्छ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताए । विपद् व्यवस्थापन पोर्टलले प्रदेशमा हुने विपत्तीमा तत्काल काम गर्न र नागरिकलाई सचेत बनाउनसमेत सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्