Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ४ अर्ब

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ मा पुगेको हो ।

सोमबार ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख ८० हजार ९ सय ३५ रुपैयाँ ८० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय २४ रुपैयाँ रहेको छ ।

साथै, आज समाज लघुवित्त वित्तीय संस्थाको ९.६८ प्रतिशतले सेयर मूल्य बढेको छ भने मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडको ८.३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्