Shikhar Insurance
National Life

काँग्रेस–एमालेमा मन्त्री बन्ने दौड, हेभिवेटलाई अघि सार्न एमालेमा दबाव, गुट मिलाउन काँग्रेसलाई सकस

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १४:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने निर्णय लिएसँगै नयाँ सरकारमा मन्त्री बन्नका लागि काँग्रेस र एमाले नेताहरुबीच मन्त्री बन्ने दौड सुरु भएको छ । सहमति अनुसार एमाले अध्यक्ष केपी ओली पहिलो चरणमा प्रधानमन्त्री बन्नेछन् र एमालेले अर्थसहित ९ वटा मन्त्रालय लिनेछ ।

काँग्रेसले भने ओली सरकारमा गृहसहित १० वटा मन्त्रालय लिने समझदारी बनेको छ । अर्थ र गृहका बिषय मोटामोटी टुंगिएको भए पनि अन्य मन्त्रालयको भागबण्डा भने गरिएको छैन् । त्यसका लागि दोश्रो तहका नेताहरुसहित छलफल भैरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हेभिवेटलाई अघि सार्न एमालेमा दबाव
प्रचण्ड सरकारमा कनिष्ठ नेताहरुलाई मन्त्री बनाएको एमालेमा ओली सरकारमा भने हेभिवेटहरुलाई सरकारमा पठाउन दबाब छ । एमालेले पदाधिकारीहरु सम्मिलित सचिवालय संरचना बनाएको छ । एमालेको सचिवालयमा केपी ओलीले निर्वाचन जितेका छन् भने उपाध्यक्षहरुमध्ये बिष्णु पौडेल मात्रै सांसद छन् ।

त्यस्तै, उप महासचिवमा पृथ्वी सुब्बा गुरुङले चुनाव जितेका छन् । सचिवहरुमा योगेश भट्टराई, गोकर्ण बिष्ट, रघुबिर महासेठ र छविलाल विश्वकर्मा मात्रै सांसद छन् । स्वयं पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्न लागेको र कठिन परिस्थिति समेत रहेकाले एमालेमा सिनियर नेताहरुलाई नै सरकारमा पठाउन दवाब बढेको हो ।

एमाले महासचिव शंकर पोखरेलले अर्थमन्त्री बन्ने चाहना राखेका छन् तर उनी सांसद छैनन् । राष्ट्रिय सभा सदस्य बामदेव गौतमलाई राजीनामा गराएर पोखरेललाई राष्ट्रिय सभा सदस्य बनाउनेबारे पनि एमाले नेतृत्वले योजना बनाएको स्रोत बताउँछ । त्यसो गर्दा बामदेव गौतमलाई एमाले उपाध्यक्ष बनाउन सकिनेबारे मोटो छलफल भएको स्रोत बताउँछ । तर त्यसो गर्दा व्यापक बिरोध हुने र प्रतिपक्षीले सरकारलाई घेर्ने मुद्धा पाउने भएकाले सो बाटो पनि सजिलो नरहेको स्रोत बताउँछ ।

त्यस्तो अवस्थामा स्वभाविक रुपले एमाले उपाध्यक्ष बिष्णु पौडेल नै अर्थमन्त्री बन्न सक्नेछन् । त्यस बाहेक छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङसहितका नेताहरु मन्त्री बन्न सक्नेछन् ।

काँग्रेसमा गुट मिलाउनै सकस
उता, डेढ बर्षपछि प्रधानमन्त्री बन्ने समझदारी मार्फत एमालेसँग गठबन्धन गरेको काँग्रेसभित्र भने मन्त्री बनाउनका लागि गुट व्यवस्थापनमै सकस परिरहेको छ । काँग्रेसभित्र अधिकांश बरिष्ठ नेताहरुले मन्त्री बनाउनुपर्ने उम्मेदवारहरुको आ आफ्नै सूचि तयार पारेका छन् ।

काँग्रेस सभापति देउवासँगै उनकै समुहका पूर्ण बहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह, इतर समुहका शेखर कोइराला, शशांक कोइराला, गगन थापा लगायतले मन्त्रीका लागि आ–आफ्ना उम्मेदवारको सूचि तयार पारेको स्रोत बताउँछ ।

देउवाले कृष्ण सिटौला वा रमेश लेखकमध्ये एकलाई गृहमन्त्री बनाउन सक्ने बताइन्छ । त्यसो त काँग्रेस–एमाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका ज्ञानेन्द्र बहादुर कार्की पनि मन्त्री बन्नेहरुको सूचिमै पर्छन् । यसपाली महामन्त्री विश्व प्रकाश शर्माले पनि मन्त्री बन्ने चाहना प्रकट गरेको स्रोतहरुको दावी छ । एमाले बरिष्ठ नेता ईश्वर पोखरेललाई पराजित गरेर सांसद बनेका प्रदिप पौडेलले पनि एउटा विकासे मन्त्रालयमा इच्छा देखाएको स्रोतहरु बताउँछन् । एमाले नेता महेश बर्तौलाले असार २८ अगावै मन्त्रालयहरुको भागबण्डा सकिने दावी गर्दै आएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्