Skip to content
Shikhar Insurance
National Life

सिजीले ल्यायो १० वर्षे वारेन्टिका साथ मेसिन भित्रै कपडा सुकाउन मिल्ने ‘वासर एण्ड ड्राइयर’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले सिजी ‘वासर एण्ड ड्राइयर’ वासिङमेसिन बजारमा ल्याएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बि ड्राइयर इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् ।

सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सिजी स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्