काठमाडौं । सिन्धु विकास बैंकले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको असार २२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार अध्यक्षमा दामोदर प्रसाद सुवेदीलाई नियुक्त गरेको हो ।
उनको कम्पनीमा कर्मचारी सञ्चय कोषका तर्फबाट सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व रहेको छ ।यसअघि कम्पनीले गत असार १३ गते अध्यक्षमा सञ्चालक सदस्य रहेकी निभा डंगोल श्रेष्ठलाई चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्