Shikhar Insurance
National Life

सेयरधनीलाई बोनस सेयर बापतको कर जम्मा गर्न हिमालयन लाइफको आग्रह

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई बोनस सेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट २०८० वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकीकृत कारोबार पछि सेयर खरिद गरेका वा आईपीओ बाँडफाँडमा परी हालसम्म सेयर कायम गरेका सेयरधनीको हकमा बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैँले तिर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले कर तिर्न भनेको हो । सम्बन्धित शेयरधनीले कर बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको पुतलीसडक शाखामा कम्पनीको नाममा रहेको खातामा जम्मा गर्न आग्रह गरिएको छ ।

साथै, सम्बन्धित सेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस सेयर सेयरधनीको खातामा जम्मा हुने कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्