Shikhar Insurance
National Life

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु र मनकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २४ गते (आज) बाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहने एक सूचनामार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्