Shikhar Insurance
National Life

राष्ट्र बैंकको नीतिले भारतबाट चाँदी तस्करी बढ्यो, १४ किलो चाँदीसहित तीन भारतीय पक्राउ

सिंहदरबार संवाददाता
२०८१ असार २३, आईतवार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकको नीतिले भारतबाट नेपालमा चाँदी तस्करी बढ्न थालेको छ । एक पटकमा ६० हजार डलरभन्दा बढीको चाँदी ल्याउन नपाइने नीति लिएपछि भारतबाट तस्करी बढेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले शनिबार (असार २१ गते) १४ किलो चाँदीसहित तीन जना पक्राउ गरेको छ ।

ललितपुरबाट काठमाडौंतर्फ आउदै गरेको भारतीय नंम्बर प्लेटको सवारी साधनमा अवैध रुपमा चाँदीको गरगहनाहरु ल्याई अवैध रुपमा काठमाडौंका विभिन्न स्थानमा बिक्री बितरण गर्नको लागेको भन्ने विशेष सूचनाको आधारमा तीन जना पक्राउ परेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिआईबीबाट खटीएको प्रहरी टोलिले मिति २०८१/०३/२१ गते, अं. १५:०० बजे, काठमाडौं जिल्ला, काठमाडौं महनागरपालिका वडा नं.१, सानो गौचरण स्थित अटो सर्भिसेज प्रा.लि.नामको अटो वर्कशप भित्र रोकी राखेको अवस्थामा हुण्डाई कम्पनिको भारतीय नं. BR06U9053 भएको रातो रंगको SANTRO XING गाडी चेक जाँच गर्दा उक्त गाडीको पछाडी पट्टीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा चाँदी गरगहनाहरु फेला पारेको हो ।

गाडी सहित फेला परेका १४.२५० कि. ग्रा. चाँदीका गरगहनाहरू वरामद गरी सो अवैध गरगहनाहरु भण्डारण र बिक्रि-वितरणमा संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतीय नागरिक विनोद सर्राफ, अमन कुमार र कुमार साह छन् ।यस्तै, सवारी चालक, नेपाली नागरिक श्रवण प्रसाद कानुलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा पठाएको सिआईबीले जनाएको छ ।

आईतबार (असार २३ गते) मूल्यसूचि अनुसार भारतमा भन्दा नेपालमा चादीँको मूल्य प्रतितोला (११.६६ ग्राम) एक सय रुपैयाँले महँगो छ । चाँदी महँगो हुनाको कारण भने राष्ट्र बैंकको नीति भएको एक व्यवसायीले बताए । ती व्यवसायीले भने, ‘नेपालमा चाँदी आयातमा राष्ट्र बैंक निरङकुश बन्दा भारतबाट चाँदी तस्करी बढिरहेको छ, भारतीय व्यवसायीले १००० औं टन एकै एलसी र कन्टेनरबाट ल्याउने गर्छन्, नेपाली व्यवसायीलाई भने एक पटकमा ४० किलो भन्दा बढी ल्याउन सक्दैनन्, यसले व्यवसायीको लागत बढाएको छ, यसैले नेपालमा चाँदी मँहगो बनेको छ ।’

ती व्यवसायीका अनुसार राष्ट्र बैंकको निरकुश सोचका कारण नेपाली कालिगढहरु र व्यवसायीहरु पलायन हुने अवस्थामा छन् । पहिले नेपालबाट थुप्रै चाँदीका गहनाहरु भारत लगायत देशहरुमा निर्यात हुने गरेकोमा अहिले ठप्प बनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्