काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अंकले बढेर परिसुचक २१४०.९७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आइतबार ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ संकलन भएको छ ।
आइतबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ४२ रुपैयाँ पुगेको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको सेयर मूल्य घटेको छ र १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्