काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ मा पुगेको हो ।
आइतबार ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब २९ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको ५.२५ प्रतिशत, नेस्नल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.०९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५.०५ प्रतिशत, नेपाल इन्फ्रास्टक्चर बैंकको ५.०३ प्रतिशत सहित १८९ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्