काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ मा पुगेको हो ।
आइतबार ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब २९ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ कारोबार भएको छ ।
आइतबार सेयर बजार दोहोरो अंकले बढेपनि केही कम्पनीको सेयर मूल्य भने घटेको छ । आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज गुडवील फाइनान्सको ६.६२ प्रतिशत, आइसीएफसी फाइनान्सको ४.१८ प्रतिशत, उप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको ३.९० प्रतिशत सहित ११२ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्