Skip to content
Shikhar Insurance
National Life

सूर्योदय वोमीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।

संस्थाले मनोज बस्नेतको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने संस्थाले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुर वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं, नक्साल, नागपोखरी आईपुग्ने गरी आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्