Shikhar Insurance
National Life

बाढीले क्षति पुर्‍याएको हेवा खोलाद्वारा पुनः विद्युत उत्पादन सुरु

सिंहदरबार संवाददाता
२०८१ असार २३, आईतवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । हेवा खोला साना जलविद्युत आयोजनाले (४.५ मेवा) पुनः विद्युत उत्पादन सुरु गरेको छ । बाढीका कारण बन्द भएको आयोजनाले मर्मत सम्भारपछि पुनः विद्युत उत्पादन सुरु गरेको हो ।

आयोजनामा २०८० असार २ गते आएको बाढीले व्यापक क्षति पुर्‍याएको थियो । जसकारण परियोजनाको विभिन्न संरचनाहरु क्षति भई विद्युत उत्पादन कार्य बन्द भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोजनाको पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको परीक्षण र मर्मतपछि असार २१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आई पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्