Shikhar Insurance
National Life

समयानुकुल कानून निर्माणको काम भइरहेको छ : मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समयानुकुल र गुणस्तयीय कानून बनाउने काम भइरहेको बताएकी छिन । राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले नयाँ कानुन निर्माण र मौजुदा कानुनमा समसामयिक सुधारको काम निरन्तर भइरहेको सदनलाई जानकारी दिएकी हुन् ।

कानूनमा समसामयिक सुधार गर्ने काम निरन्तर भइरहेको र संविधानप्रदत मौलिक हक कार्यान्वयनका लागि कानून बनाउने काम प्रारम्भिरुपमा बन्नुपर्ने कानून निर्माण भई कार्यान्वयनका क्रममा रहेको मन्त्री शर्माको भनाइ थियो । कानून सुधार निरन्तर र नियमित प्रक्रिया हो, त्यसको दायित्व जनप्रतिनिधित्व हो मन्त्री शर्माले भनिन् ‘नियमितरुपमा सरोकारवालासँग छलफल गरेर एक सय ९५ वटा संविधानअनुकुल कानून भएका छन् भने केही नेपाल ऐन संशोधन अनुसार दुई सय ३९ वटा कानुन संशोधन भइसकेका छन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री शर्माले नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहको कानून बनाउने विषय एक र साझा अधिकार स्पष्ट पारेअनुसार कानून बनिरहेको बताइन् । मन्त्री शर्माले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन भइसकेको जानकारी सदनलाई दिइन् । चालु आर्थिक वर्षमा शान्ति कोष स्थापना गर्न १ अर्ब व्यवस्था समेत गरिएको र सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कानून तथा मानव अधिकार समितिमा संशोधनका क्रममा रहेको जानकारी गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्