Shikhar Insurance
National Life

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी, युवाहरूको व्यक्तित्व विकासमा जोड दिने

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा आयोजना गर्दै आएको मिस्टर नेपालको प्रायोजक रियलमी नियुक्त भएको हो ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले मिस्टर नेपाल आजोजना गर्दै आएको छ । यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,“मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले भने,“मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरको रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं । यो सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गा हो। हामीलाई आशा छ, यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पु र्‍याउने छ ।” मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । झापाबाट शुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुने मिस्टर नेपालले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्