काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १० जना संस्थापक सेयरधनीको नाममा रहेको कूल ३ लाख ३३ हजार ७ सय ९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी कोपिला ढंगाना घिमिरेको नाममा रहेको १८ हजार २ सय ९४ कित्ता, गंगाराम महर्जनको २४ हजार ७ सय ३ कित्ता, मदन लाल जैनको ३९ हजार ४ सय ५ कित्ता, राजकुमार पोखरेलको ९९ हजार ८ सय १९ कित्ता, महेश बहादुर बस्न्यातको ३८ हजार ६ सय ४५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १६ हजार ७ सय ६ कित्ता, राजेश शर्मा दाहालको ३२ हजार ८ सय २ कित्ता, अनिल राज पौडेलको ८ हजार, दिनेश अर्यालको ३५ हजार ७ सय २१ कित्ता, तारा प्रसाद पोखरेलको नामा रहेको १९ हजार ७ सय २ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्