Shikhar Insurance
National Life

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ : मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिए । उनले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताए । मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्