Shikhar Insurance
National Life

इभि गाडीमा भन्सार छलि: पोष्ट क्लियरिङ अडिटका लागि प्रज्ञापनपत्र छनोट कुन-कुन परे ?

प्रकाश वाग्ले
२०८१ असार २०, बिहीबार ११:४९
Hyundai
NCELL
NIMB

कार्यविधिको दफा ६ को (४) मा ‘(४) तोकिएको लक्ष्य बमोजिमका निकासीकर्ता वा पैठारीकर्ताहरू, फर्म वा मालवस्तुहरु वा प्रज्ञापनपत्र छनौट गर्न तथा छनौटको लागि नीतिगत परामर्श दिन विभागमा देहाय बमोजिमको एक छनौट समिति रहनेछ’, भनि उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो कार्यविधि अनुसार सुधार तथा व्यवस्थापन महाशाखा प्रमुख रामकुमार महतोको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै, सदस्यहरुमा प्रमुख भन्सार परीक्षण प्रशासक, भन्सार जाँचपास परिक्षण कार्यालय, मूल्यांकन शाखाका निर्देशक र सदस्य सचिवका रुपमा विभागको मूल्यांकन शाखा अधिकृत रहेका छन् ।

यो समितिले कुन-कुन कम्पनीले कति गाडी भित्र्याएर कर छलि गरे भन्ने विषयमा कर परिक्षणका लागि प्रज्ञापनपत्र छनोट गरेको छ । विभाग स्रोतका अनुसार समितिले विद्युतिय गाडी आयात गर्ने अधिकांस कम्पनीहरुको प्रज्ञापन छनोट गरेको छ । प्रज्ञापनपत्र छनौटमा परेका कम्पनीहरुमा साइमेक्स इंकले भित्र्याएको बीवाईडी, एमएडब्लु वृद्धिले भित्र्याएको चागनको डीपल एस ०७, शारदा ग्रुपले भित्र्याएको ओमोडा ई-५, पारामाउन्ट मोटरले भित्र्याएको एमजी लगायत कम्पनीको प्रज्ञापन पत्र छनौट भएको छ ।

यी कम्पनीहरुले हालसम्म भित्र्याएको गाडीको प्रज्ञापनपत्रको पीसिए हुनेछ । छनोट समितिका एक सदस्यले सिंहदरबारसँग भने, ‘हामीले किलोवाट छलि भएको शंका लागेका सबै कम्पनीहरुको प्रज्ञापनपत्र छनौट गरेका छौं।’

इभी जाँचपास भएको कार्यालयमा परिक्षण गर्नका लागि कार्याविधिको दफा उपदफा ७ बमोजिम अर्को समिति पनि गठन भएको छ । कार्यालयमा परीक्षणको लागि छनौट गर्नका लाग तीन सदस्यीय समिति गठन भएको हो । जसमा प्रमुख भन्सार परिक्षण प्रशासक संयोजक, संयोजकले तोकेको भन्सार परीक्षक सदस्य र संयोजकले तोकेको प्रमुख भन्सार परीक्षक सदस्य सचिव रहनेछ । यो समितिले भन्सार विभागसँग छलफल गरी काम सुरु गरेको छ ।

सरकारले इभी गाडी आयातका लागि किलोवाट अनुसार भन्सार महशुल तथा अन्य करको दर निर्धारण गर्ने गरेको छ । आयातकर्ताहरुले नक्कली प्रज्ञापनपत्र बनाई आधिकारिक कम्पनी भन्दा फरक किलोवाट देखाई भन्सार छलि गरेको आरोप विभागको छ ।

भन्सार विभागले जेठ ४ गते नै सबै कार्यालयहरुलाई पत्राचार गर्दै इभी गाडीको किलोवाट छलिमा उच्च सतर्कता अपनाउन पत्राचार गरिसकेको छ । साथै, छलि भएको कर असुल गर्न समेत निर्देशन दिइसकेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्