Shikhar Insurance
National Life

हुन्डाईको नयाँ योजना : अब ० प्रतिशत ब्याजदरमै कोना खरिद गर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार ११:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा 0 प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ ।

हुन्डाईले कोनामा “Zero Emission, Zero Interest” योजना ग्राहक माझ सार्वजनिक गरेको हो । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले 0 प्रतिशत ब्याजदरमा पाँच बर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ । कोना GLको मूल्य ५९ लाख ९६ हजार र GLS भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रहेको छ । हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कम्पनीका अनुसार कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने कम्पनीले जनाएको छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको High Voltage Battery Check-up camp मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मा परीक्षणको नतिजा अनुसार ५ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (SOC) ९८ प्रतिशत भन्दा बढी पाइएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ं भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्