काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ६०० रुपैयाँ रहेको छ । सुन बुधबार १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदी आज ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्