काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी कमल बहादुर बस्नेतको नाममा रहेको १० हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाको नाममा रहेको १६ हजार कित्ता, प्रेम बस्नेतको ७ हजार कित्ता, खेमराज भेटुवालको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।
उक्त खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्