काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ मा पुगेको हो ।
बुधबार ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँ कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स र गुहेश्वरी मर्चेण्ड बैंक एण्ड फाइनान्सको सेयरमा सर्किट लागेको हो ।
साथै, मन्जु श्री फाइनान्सको ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको ८.०८ प्रतिशत, मैलुङ खोला जलविद्युतको ७.७५ प्रतिशत सहित १२७ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्