Shikhar Insurance
National Life

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अंकले बढेर परिसुचक २१०४.२२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ५ सय ९४ रुपैयाँ ९० पैसा पुगेको छ । बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ चिरख्वा हाइड्रोपावर लिमिटेडको ४.७० प्रतिशतले सेयर मूलय घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्