Shikhar Insurance
National Life

बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १२:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले २१ दिनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

बैंकहरुले न्युनतम १० करोड रुपैयाँ देखि बढी रकम राष्ट्र बैंकलाई दिन सक्नेछन् । ब्याजदर भने बोलकबोलको माध्यमबाट तय गरिनेछ । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले बोल कबोल मार्फत आफुसँग रहेको निक्षेप राष्ट्र बैंकलाई दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२१ दिनपछि अर्थात साउन ९ गते राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी गर्नेछ ।
राष्ट्र बैंकले यस अघि बैंक तथा वित्तिय संस्थाहरुमा अधिक तरलताको अवस्था देखिएपछि ९० अर्ब रुपैयाँ उठाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्