Skip to content
Shikhar Insurance
National Life

नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद बिष्ट

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रले लय ल्याइरहेको बेलामा फेरि पनि देशको संविधानलाई संशोधन गर्ने शर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने शर्तसहित समझदारी भएको कुरा आएको भन्दै सहज नरहेको बताए ।

उनले संविधान संशोधन गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभाबाटै संसदको दुई तिहाई बहुमत चाहिने बताए । उनले देशमा नेपालको वस्तुगत आवश्यकतालाई मध्यनजर गरी नेपाली आत्मनिर्भर अर्थतन्त्रको विकास शुरु भएको बेलामा राजनीतिक अस्थिरता सिर्जना भएको बताए ।

उनले भारतको गठबन्धन सरकारबाट नेपालले सिकेको र नेपालले आफ्नै गठबन्धन बनाउन आवश्यक रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्