काठमाडौं । नेपाल स्टक एक्सचेञ्च ( नेप्से) २० मिनेटको लागि बन्द भएको छ । सरकार परिर्वतन हुने कुराले सेयर बजारमा उछाल आएर २० मिनेटको लागि बजार बन्द भएको छ ।
नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको छ ।
मंगलबार बजार खुलेको केही समयमा नै नेप्से परिसूचक ४.१ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया दिनुहोस्