काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २३ औं र २४ औं वार्षिक साधारण सभा आज बस्दैछन् । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार २८ गते (आज) होटल भिष्वा, बीरगंज (पर्सा) मा बस्ने भएका हुन् ।
सभाले गत आव को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।
आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
सभामा आव २०७९/ ८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ ।
सभामा कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।
साथै, सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज भइ सकेको छ । जसअनुसार असार ३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा सहभागिता हुन पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्