Skip to content
Shikhar Insurance
National Life

देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्ति थप्ने तयारीमा छौं : स्वास्थ्यमन्त्री यादव

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताएका छन् । आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम भइरहेको जानकारी दिएका हुन् ।

उनले भने ‘जनशक्ति बढाउन हामी काम गरिरहेका छौं। त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौं। यो कार्यान्वयन भयोभने धेरै समस्या हल हुन्छन् ।’ फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताए ।

जनता निरास छन् । श्यया पाएका छैनन् । फार्मेसीमा औषधि पाइँदैन । शल्यक्रियाका लागि समय नपाउने समस्या छ । सोर्स लगाउनुपर्ने अवस्था छ, त्यस्तो अवस्थाको अन्त्यका लागिपरेको छु स्वास्थ्यमन्त्रीले भने । उनले अस्पताल तथा फार्मेसीको अनुगमनले काम गर्ने उर्जा दिएको र स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई नियाल्न पाएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE