काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्ने बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बजेटका लागि फागुनदेखि नै छलफल शुरु भएपनि कहाँ र कसले गर्छ भन्नेकुरा जानकारीमा नरहेको बताए । उनले छलफलबाट आएका सुझाव भन्दा पनि मन्त्रीले गोजीबाट निकाले योजना दिने र बजेट सोही अनुसार ल्याउने गरेको जानकारी गरे । उनले ५० हजारको बजेट पनि संघ सरकारबाट विनियोजन हुनेकुरा लज्जाजनक रहेको बताए । सांसद दाहालले बजेट विनियोजन गर्दा वैज्ञानिक विधि अपनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्