Shikhar Insurance
National Life

अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्ने बताएका छन् । सोमबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, उर्जा सुरक्षा, अन्तरदेशीय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौति थपिँदै गएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि जानकारी गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्रहीतलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्