काठमाडौं । नेपालमा पयर्टकको २०२४ जुन महिनामा उत्साहजनक आगमन भएको छ । ५ वर्षको तुलनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढेको हो ।
जुन महिनामा महिनामा ७६ हजार बढी पर्यटकहरुको आगमन भएको छ । नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्याङ्क अनुसार सन् २०२४ को जुन महिनामा ७६ हजार ७ सय ३६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । विदेशी पर्यटकको संख्या सन् २०२३ को सोही अवधिको तुलनामा ६.२९ प्रतिशत बढी हो भने सन् २०१९ को तुलनामा २.४७ प्रतिशतले बढी देखिएको छ ।
सन् २०२४ को ६ महिनामा नेपाल आउने पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ । २०२४ काे ६ महिनाकाे डाटाकाे तुलनामा भने पर्यटकको संख्या घट्दो क्रममा देखिन्छ । सन् २०२४ को जनावरीमा ७९ हजार, फेब्रुअरीमा ९७ हजार, मार्चमा १ लाख २८ हजार, अप्रिलमा १ लाख ११ हजार, मे मा ९० हजार र जुनमा ७६ हजार सात सय पर्यटक आएका छन्
सीमा क्षेत्रबाट आएका पर्यटकको तथ्याङ्क भने बोर्डले खुलाउने गरेको छैन् । नेपालमा भारतीय पर्यटकहरु सीमा क्षेत्रबाट धेरै मात्रामा नेपाल आउने गर्छन् ।
कुन देशबाट कति पर्यटक आए नेपाल भ्रमणका लागि ?
नेपाल घुम्न आउने पर्यटकहरुको पहिलो सूचीमा भारतीय नागरिकहरु रहेका छन् । भारतबाट जुन महिनामा ३७ हजार ८ सय ३५ जना नेपाल भ्रमणको लागि आएका हुन् ।
त्यस्तै, अमेरीकाबाट जुन महिनामा ८ हजार २ सय ८२ जना पर्यटक भ्रमणको लागि आएका थिए भने चिनबाट सोहि अवधिमा ७ हजार ४ सय ९४ जना भित्रिएका थिए ।
बङ्गलादेशबाट सोहि अवधिमा ३ हजार ८ सय ५७ जना, यूकेबाट १ हजार ९ सय ६९, अष्ट्रेलियाबाट १ हजार ५ सय ८९, भुटान १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९ सय ५३, साउथ कोरियाबाट ८ सय ७५ जना विदेशी पर्यटक नेपाल भ्रमणको लागि आएका थिए ।
गत ५ वर्षको जुन महिनाको डाटा तुलना गर्दा सबैभन्दा धेरै पर्यटन २०२४ जून महिनामा आएको देखिएको छ । गत आव २०२३ मा ७२ हजार ७ सय ३६ जना, २०२२ मा ४६ हजार ९ सय ५७ जना, २०२१ मा १ हजार १ सय ८७ जना, २०२० मा १०२ कोरनाको कारणले गर्दा पर्यटनको संख्या १ जना मात्रै पुगेको थियो । यस्तै, २०१९ मा ७४ हजार ८ सय ८३ जना रहो थिए ।
प्रतिक्रिया दिनुहोस्