काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीलाई सदैव सहयोग गर्ने उल्लेख गरेका छन् । उनले अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)द्वारा आयोजित मेम्बर लर्निङ सिरिजमा बोल्दै यस्तो बताएका हुन् ।
“तपाईंहरुले नेपालमा राम्रो काम गरिरहनुभएको छ । एमच्याम जस्तो संस्थाले नेपालमा कर्पोरेट संस्कृति स्थापनामा भूमिका निर्वाह गरेकोमा मलाई खुसी लागेको छ”, राजदूत थम्पसनले भने । काठमाडौं पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित होटल अलफ्टले स्वदेश तथा विदेशी पर्यटकलाई विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । आधुनिक प्रविधिले सुसज्जित होटल छाया देवी कम्प्लेक्समा अवस्थित छ । उक्त कम्प्लेक्समा दुई सयभन्दा बढी खुद्रा पसल, सिनेमा हल, सैलुन, स्पा, रेष्टुराँ, नाइटक्लब, क्यासिनोकासाथै तीन सय ५० भन्दा बढी सवारी पार्किङको सुविधा छ ।
होटलमा कूल १६७ वटा रुम छन् । जसमा ८८ वटा लफ्ट किङ्स रुम, ४२ वटा लफ्ट ट्विन्स रुम, २ वटा एक्सिसेबल रुम, २२ वटा अर्बन रुम, सात वटा सेभी स्वीट रुम र छ वटा ब्रिजी स्वीट रुम छन् । होटलले पाहुनालाई क्लब लाउन्जसम्मको पहुँच, अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सुविधा, दैनिक डिलक्स नास्ता र विशेष क्लब लाउन्जमा ह्यापी आवर, उच्च गतिको वाइफाइलगायतका सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।
होटलमा विभिन्न कार्यक्रम गर्नका लागि आवश्यकता अनुसारका हल पनि उपलब्ध छन् । होटलमा १६४५ वर्ग फिट क्षेत्रफलमा फैलिएको ट्याक्टिक हल छ । जसलाई दुई फरक ठाउँमा विभाजित गर्न सकिन्छ । आठ हजार सात सय वर्ग फिटमा फैलिएको ठूलो सभाहल पनि छ । जसमा पाँच हजार एक सय ७५ वर्ग फिटमा सभाहल, एक हजार आठ सय वर्गफिटमा प्रि–फंक्शन र एक हजार आठ सय वर्गफिटमा फैलिएको बाहिरी बार क्षेत्र पनि छ । होटलमा आठ हजार सात सय वर्ग फिटमा फैलिएको बैठक पनि छ । होटलमा वैवाहिक समारोह सञ्चालनका लागि पनि ठूलो सभाहल छ ।
सो अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल(एमच्याम)का महाप्रबन्धक अमीरराज थापाले यस मेम्बर लर्निङ कार्यक्रमले सदस्यहरूका बीचमा अमेरिकी कार्य संस्कृतिको ‘क्रस पोलिनेसन’ गर्ने बताए । “एमच्यामको यसप्रकारको कार्यक्रमले हाम्रा सदस्य कम्पनीमार्फत नेपालमा अमेरिकी कार्य संस्कृति कस्तो छ भन्ने उदाहरण पेस गर्नेमा हाम्रो विश्वास छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्