काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई नेपाललाई कोभिड-१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गरेकी छन् । बाइडेनलाई पत्राचार गर्दे उनले नेपालीको जीवनरक्षामा सघाउन सहयोग मागेकी हुन् ।
नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई राष्ट्रपतिले लेखेको पत्र बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्