Skip to content
Shikhar Insurance
National Life

न्यूनतम मूल्य ७ सय रुपैयाँमा महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा ल्यमएको हो ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकेको छ । आवेदन दिन इच्छुक व्यक्तिहरुले सेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

सेयर खरिदको लागि जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरुले सूचना प्रकाशन भएको आज )असार १७ गते) देखि साउन १८ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्