काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन २०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि २०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सुन अघिल्लो दिन १ लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्