काठमाडौं । नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छिन । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्नु रहेको बताइन् । उनले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डो¥याउन राजनीतिक दलले नै भुमिका निर्वाह गर्नुपर्ने जानकारी गरिन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताइन् ।
उनले नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेको बताइन् । अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पु¥याइरहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्