Shikhar Insurance
National Life

अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार ०९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल हस्तकला महासङ्घले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको सङ्क्रमण देखिएपछि महासङ्घले सङ्क्रमितको उपचारमा सहज पुर्‍याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपत्यकाका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासङ्घले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो । यस्तै, महासङ्घले ललितपुर महानगरपालिका र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ललितपुर महानगरपालिकाका चाकुपाट, च्यासल, नागवहाल र पुल्चोकमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामाग्री सहयोग गरिएको महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले बताए ।

महासङ्घले एक हजार थान फुट कभर, १८० बक्स ग्लोब्स, १० हजार थान सर्जिकल मास्क, २०० थान एन ९५ मास्क, एक हजार थान फेस शिल्ड, १०० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ४० जार स्यानिटाइजर सहयोग गरेको हो । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्