Shikhar Insurance
National Life

नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले बोलायो दुई आवको सधारणसभा, १० प्रतिशत लाभांश वितरण गर्ने

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले १८औं र १९औं वार्षिक साधारणसभा साउन ६ गते बोलाएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रुपन्देहीको बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजेदेखि १८औं र १२ बजेदेखि १९औं सभा बस्ने आव्हान गरेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाको बैधानिकता बारे छलफल गर्ने, आव ०७८/७९ र  ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभामा आव ०७९/८० र ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

साथै, कम्पनीको पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ऋण सीमाको स्वीकृति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्