काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भएकी छिन् । बैंकको असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार अध्यक्षमा श्रेष्ठ चयन भएकी हुन् ।
बैंकले तत्कालिन अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ अध्यक्ष र संचालक पदमा बहाल नरहेकाले उनलाई चयन गरेको हो । श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मतले चयन भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्