काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सीईओ शाह पदमुक्त भएका हुन् ।
उनको नेतृत्वमा कम्पनी गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
साथै उनको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्