Shikhar Insurance
National Life

‘डिजिटल हेल्थ सम्मेलन-२०२४’ काठमाडौंमा सम्पन्न, विद्यार्थीहरुलाई विशेष जोड

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, स्मार्ट हेल्थ ग्लोबल, नेपाल डिजिटल एसोसिएसन र ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाले सह आयोजना गरेको ‘डिजिटल हेल्थ सम्मेलन-२०२४’ सम्पन्न भएको छ।

सो कार्यक्रममा राष्टिय तथा अन्तराष्टिय विशेषज्ञहरू, नीति निर्माता, अनुसन्धानकर्ता, चिकित्सक तथा जनस्वास्थ्य बिज्ञ, उच्च स्वास्थ्य शिक्षामा संलग्न विद्यार्थीहरुलाई डिजिटल स्वास्थ्यको आवश्यकता तथा भविष्यबारे छलफल भएको थियो । मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज सोल्टीमोड, काठमाडौंमा आयोजित यो हाइब्रिड कार्यक्रमले सहभागिहरुलाई आकर्षित गर्दै डिजिटल हेल्थ नवप्रवर्तन, चुनौतीहरू र अवसरहरूका बिषयमा छलफल केन्द्रित गरेको इन्स्टिच्युटले जनाएकको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मनमोहन मेमोरियल इष्टीच्युटका क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमको प्रमुख अतिथी चिकित्सा शास्त्र अध्ययन सस्थानका सहायक डीन प्राडा प्रेमराज ज्ञवालीले उद्घाटन गर्दै निम्न र मध्यम आय भएका देशहरूमा स्वास्थ्य प्रणालीहरूलाई परिवर्तन गर्न डिजिटल स्वास्थ्यको महत्त्वबारे बताए ।

त्यस्तै, कार्यक्रममा विशेष अतिथि नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) का उपाध्यक्ष द्वय सह प्राध्यापक जिवन प्रकाश शर्मा, इ गम्भिर लाल श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रमोद जोशी, मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा नास्तु शर्मा, पूर्व स्वास्थ्य सचिव महेन्द्र श्रेष्ठ, सुदुर पश्चिम स्वास्थ्य निर्देशानालयका पूर्व निर्देशक डा गुणराज अवस्थी, मनमोहन मेमोरियल इन्ष्टिच्युटका विभागिय प्रमुखहरु प्रा मन्दिरा वन्त, डा महेन्द्र प्रसाद भट, डा खड्ग बहादुर श्रेष्ठ, मिजला बज्राचार्य लगायत स्वास्थ्य तथा डिजिट्ल क्षेत्रका प्रबुध व्यक्तित्वको सहभागी रहेको थियो ।

कार्यक्रममा डिजिटल हेल्थको विश्वव्यापी दृष्टिकोण पहिलो सत्रमा ला ट्रोब विश्वविद्यालयका विशेषज्ञहरू डा उराेज राजा खान, डा मिचेल र डा ताफेम (एलटीयु) द्वारा डिजिटल हेल्थको अवधारणा, प्रवृत्ति, अवसरहरू र चुनौतीहरूबारे विस्तृत प्रस्तुति तथा छलफल गरिएको थियो । कार्यक्रममा एडिनबर्ग विश्वविद्यालयका जय इभान्स र नेपालका डा एसपी कलौनीले आफ्नो विशेषज्ञता साझा गर्दै डिजिटल हेल्थको नेतृत्वमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा प्रष्ट पारे ।

त्यसैगरी, प्रमुख वक्ता रमेश भट्ट, पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, स्मार्ट हेल्थ ग्लोबल, न्याया हेल्थ र डेंगु एपजस्ता विभिन्न संस्थाहरूले नेपालमा डिजिटल हेल्थ गतिविधिहरूमा संलग्न हुने प्रस्तुति दिए। डिजिटल हेल्थ कार्यान्वयनमा भूस्तरीय चुनौतीहरू प्यानल छलफलले प्रमुख व्यक्ति सुर्दशन पौडेल (पी ए एच एस), राम बहादुर बानियाँ बुढिगंगा नगरपालिकाका मेयर, लक्ष्मी प्रसाद यादव एनडीएका अध्यक्ष, र सृजना देवकोटा (न्याया हेल्थ) लाई एकत्रित गरेका थिए ।

स्मार्ट हेल्थ ग्लोबलका सीईओ मनोज खड्काले भने, ‘सम्मेलनले डिजिटल हेल्थको भविष्यमा प्रगति गर्ने मार्ग प्रशस्त गरेको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्