काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा प्रकाश राज शर्मा नियुक्त भएको छ ।
संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार शर्मालाई सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदमा नियुक्त गरेको हो ।
सञ्चालक समितिमा सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष सुवर्ण पौडेलले असार ६ गतेबाट लागु हुने गरी राजिनामा दिएका थिए । उक्त राजिनामा स्वीकृत गर्दै संस्थाले रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि शर्मालाई नियुक्त गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
साथै, शर्मालाई सर्वसम्मतीका साथ अध्यक्षको पदमा समेत चयन गरिएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्