Shikhar Insurance
National Life

सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्र र सञ्चालकमा नारायणराज नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले अध्यक्षमा संचालक सदस्य राजेन्द्र लाल श्रेष्ठलाई नियुक्त गरेको छ । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

सिटिजन्स क्यापिटल लिमिटेडको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनित भई संस्थाको अध्यक्ष रहेका पारस कुमार काफ्लेको असमायिक निधन भएकाले रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । साथै, उक्त बैठकले रिक्त रहन आएको संचालक १ पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई आएका नारायण राज अधिकारीलाई संचालक पदमा नियुक्ति गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल तर्फबाट अन्य संचालक प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र संचालकहरु अभिजित मुल, श्रीमति ज्योत्सना बोहोरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्